free website hit counter

घट्यो हिमालयन बैंकको नाफा

beemaadmin
२०७९ श्रावण १८, बुधबार

काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब ४८ करोड २१ लाख रुपियाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १७.२२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९९ करोड रुपियाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढे पनि अन्य सञ्चालन आम्दानी घट्दा बैंकको नाफा घट्न पुगेको हो। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.२५ प्रतिशत बढेको छ । खुद फि तथा कमिसन आम्दानी ३१.०५ प्रतिशत बढेको छ।
बैंकको कुल सञ्चालन आम्दानी ८.२८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १७.८१ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब २२ रकोड रुपियाँ अन्य सञ्चालन आम्दानी, गत आर्थिक वर्षमा घटेर १२ करोड ४० लाखमा सीमित भएपछि बैंकको कुल आम्दानी र सञ्चालन मुनाफा घट्न पुगेको हो। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ६६ करोड १५ लाख रुपियाँ छ। नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ९३ पैसा घटेर १९ रुपैयाँ १४ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ५० पैसा छ।
यस अवधिमा बैंकको चुक्ता पूँजी २१।३८ प्रतिशत बढेको छ भने जगेडा कोष ३।२३ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप १९।४३ प्रतिशत र कर्जा १७।४१ प्रतिशत बढेको छ।

सम्बन्धित समाचार