एजेन्सी । विश्वका अधिकांश देशमा कोरोना विरुद्ध लकडाउन गरिएको छ । लकडाउनका कारण विश्वभर असर पुगेको छ । लकडाउनका कारण विश्वभरका मजदुर समस्यामा परेका छन् । लकडाउन छिचोल्दै पैदल घर पुग्ने आशामा हिँडेकी भारतकी १२ वर्षकी एक बालिकाको बाटोमा नै मृत्यु भएको छ । जमालो मदकम दुई महिना अघि केहि आफन्त र साथीहरुसँग खुर्सानी खेतीमा काम गर्नका लागि तेलगंना निक्लेकी थिइन् । उनी घर फर्किन नपाउँदै भारतमा लकडाउन सुरु भयो । उनी लकडाउन छिचोल्दै घर पुग्ने आशासहित लगातार तीन दिन एक सय किलोमिटर पैदल हिँडेकी थिइन् । तर घर पुग्न ११ किलोमिटर बाँकी रहँदा नै उनको मृत्यु भयो । उनको मृत्युको कारण इलेक्ट्रोलाइट असंतुलन र थकान भएको बताइएको छ । द इंडियन एक्सप्रेसका अनुसार जमालोका साथ अन्य १३ जना पनि पैदल यात्रामा थिए ।