free website hit counter

घलेले देखाए फराकिलो छाति, सरकारी कोषमा ३ करोड सहयोग

beemaadmin
२०७७ बैशाख १५, सोमबार

अस्ट्रेलिया । नेपालमा कोही व्यापारी कोरोनालाई कमाउने माध्यम बनाइरहेका छन् भने कोही कालोबजारीमा अभियोगमा पक्राउ पनि परेका छन् । मुलु्कलाई संकट पर्दा मानवीय हिसावले छाती फुकाउन नसक्ने व्यापारी मुलुकका लागि के अर्थ ? यही बेला नेपाली मूलका अष्ट्रेलियन अर्बपति शेष घले दम्पतीले नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा एमआईटी ग्रुप फाउण्डेसनमार्फत् ३ करोड रुपैयाँ सहयोग गरेका छन् । नेपाली मूलका अष्ट्रेलियन अर्बपति उद्यमी शेष घले र जमुना गुरुङ्गद्वारा स्थापित  एमआईटी ग्रुप फाउण्डेसन  प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सो सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

प्रेस बक्तब्य मार्फत उद्यमी घलेले उडान अवरोधका कारण आफूउपस्थित हुन नसकेको भन्दै प्रतिनिधिहरुले सो रकम हस्तान्तरण गरेको जानकारी गराएका छन् । अध्यक्ष घलेले कोरोना संक्रमितको संख्यालाई नियन्त्रणमा राख्न नेपाल सरकार र नेपालीहरुले खेलेको भूमिकाप्रति खुशी व्यक्त गर्दै विश्व समुदाय र नेपाली जनता चाँडै महामारीबाट मुक्त हुने विश्वास व्यक्त गरेको गरेका छन् ।

सम्बन्धित समाचार