free website hit counter

छुटे भारतको विरोध गर्दा पक्राउ सेनाका पूर्वसहायक रथी र सशस्त्रका पूर्व एआईजी

beemaadmin
२०७७ बैशाख २७, शनिबार

काठमाडौं । भारतले लिपुलेकस्थित नेपाली भूमि मिचेर चीनको मानसरोबर जाने सडक निर्माण गरेकोमा विरोध जनाउँदा पक्राउ परेका नेपाली सेनाका पूर्वसहायक रथी प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ रिहा भएका छन् । भारतीय रवैयाको विरोध गर्दै सडकमा उत्रिएका बस्न्यात र श्रेष्ठलाई प्रहरीले शनिबार राजधानीको शंकपार्कबाट पक्राउ गरिएको थियो । उनीहरु दुवैलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएमा दुई घण्टापछि छाडिएको थियो । रिहा भएपछि पूर्व जर्नेल बस्न्यातले प्रहरीले आफूलाई भद्र व्यवहार गरेको जनाएका छन् भने आफ्नो विषयमा सोधिखोजी गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।
आजै लिपुलेकमा सडक बनाएको विरोधमा राजधानीको लैनचौर र माइतीघरलगायतका स्थानमा प्रदर्शन गर्ने ३ दर्जन बढीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार