free website hit counter

जिवितै छन् किम, हल्लामा जोड नदिम्

beemaadmin
२०७७ बैशाख १५, सोमबार

एजेन्सी । सञ्चार माध्यमको पहुँच नपुग्ने उत्तर कोरियामा त्यहाँका शासक दुई चार दिन हराएपछि अनेकथरि आशंका गरिन्छ । अहिले पनि उत्तर कोरियाका शासक किम जोङ उनलाई पर्दामा नपाएपछि अनेकथरि चर्चा शुरु भएको छ । यतिसम्मकी उनको स्थानमा उनकी बहिनीलाई शासक बनाउनेसम्मका समाचार सञ्चार माध्यमले प्रकाशित गरिससकेका छन् । तर यी सबै हल्ला सत्य नभएको समाचार एजेन्सीहरुले बताएका छन् । स्वास्थ्यमा समस्या आएपछि किम उपचाररत छन् उनको स्वास्थ्य परीक्षणका लागि चिनिँया चिकित्सक टोली समेत पुगिसकेको छ । उनी सामान्य अवस्थामा रहेको दक्षिण कोरियाले समेत पुष्टि गरिसकेको छ । किमले वनसान काल्माको समुन्द्री तटको पर्यटन क्षेत्रमा निर्माण गर्नेहरुलाई आभार प्रकट गरेका छन् । उनले पत्रमार्फत् आभार प्रकट गरेको उत्तर कोरियाली पत्रिकाले सोमबार जनाएको छ । आभार प्रकट गरिएको पत्रको मिति भने उल्लेख नगरिएको रुसी समाचार संस्था तासले जनाएको छ । ११ अप्रिल देखि उत्तर कोरियाली नेता किम सार्वजनिक भएका छैनन् । उनले पार्टी पोलिटब्युरोको बैठक गरेपछि नदेखिनुले गम्भीर विरामी परेको या निधन भइसकेको समाचारहरु आएका थिए । उनले १५ अप्रिलमा हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको जन्मजयन्तीमा सहभागिता जनाएका थिएनन् । उनको मुटुको शल्यक्रिया भएको विषय पनि बाहिर आएको थियो । चिनियाँ स्वास्थ्य टोली उत्तर कोरियामा उनको उपचारका लागि पुगेको खबर हिजो आएको थियो । उत्तर कोरियाको घटनाबारे विश्वमा कमैमात्र जानकारी हुनेगर्छ । त्यहाँका घटनाहरु अति गोप्य राखिन्छन् । सरकारी सञ्चारमाध्यमबाट मात्र वास्तविकता केही बाहिर ल्याइन्छ ।

सम्बन्धित समाचार