काठमाडौं । लकडाउन उल्लङ्घनको अभियोग लगार्इ पक्राउ गरिएका ज्ञानेन्द्र भन्ने ज्ञानबहादुर शाहीलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र डा मनोजकुमार शर्माको संयुक्त इजलासले सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्ने आदेश जारी गरेको हो । गैरकानूनी रुपमा शाहीलाई हिरासतमा राखिएको उल्लेख गर्दै अधिकारकर्मी इन्द्र अर्यालले सर्वोच्च अदालतमा यही वैशाख १२ गते बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए । सोही निवेदनमाथिको सुनुवाइपछि थुनामुक्त गर्न आदेश दिएको हो । शाहीलाई लकडाउन उल्लङ्घनको आरोपमा प्रहरीले यही वैशाख ९ गते पक्राउ गरेको थियो ।