काठमाडौ । स्थापनाको छोटो समयमै जीवन बीमा व्यवसायमा उच्च सफलता हासिल गरेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको । सभाले आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको आव०७६–७७ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु र पेश गर्नुका साथै आव ०७६–७७ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने समेत प्रस्ताव पारित गरेको छ ।
साथै उक्त सभाले ज्योति लाईफले आफ्ना शेयरधनीहरुलाई सोही आवको संचित मुनाफाबाट १० प्रतिशतले हुन आउने २२ करोड बराबरको २२ लाख कित्ता बोनस शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनस शेयर वितरणपछि ज्योति लाइफको चुक्तापूँजी २ अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ । त्यस्तै, कम्पनीका सञ्चालकहरुमा संस्थापक शेयरधनी समूह–क तर्फ नन्द किशोर शर्मा, आकाश गोल्छा, शर्मिला श्रेष्ठ महर्जन, जयन्त कुमार अग्रवाल र साधारण शेयरधनी समुह–ख तर्फ कौशल नौलखा र प्रिया तायल चयन भएका छन् । साथै सञ्चालक समितिको अध्यक्षमा नन्द किशोर शर्मा मनोनित भएको तथ्य प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले जनाए । साथै २०७४ असोज ६ गतेबाट विधिवत् रूपमा जीवन बीमा क्षेत्रमा सेवाहरु प्रदान गर्दै अघि बढ्ने क्रममा ज्योति लाईफले आजको दिन सम्म १२८ शाखा।उपशाखा मार्फत सेवाग्राही हरुलाई सेवा पुर्याउदै आएको जानकारी समेत दिए ।