काठमाडौं । पूर्वसहमति कार्यान्वयन गर्न माग गर्दै चिकित्सक प्रा. डा. गोविन्द केसी डडेल्धुरा पुगेर अनसन १७औं असन थालेका छन् । डढेल्धुरास्थित एक निजी घरको तेस्रो तलामा उनले १७ औं अनसन सुरु गरेका हुन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाश लिएपछि डा. केसीको यो पहिलो अनसन हो । त्रिभुवन विश्विद्यालय शिक्षण अस्पतालबाट अवकाश हुदैँ गर्दा उनले पत्रकार सम्मेलन गर्दै सरकारलाई आफ्ना माग पुरा गर्न कार्तिक १३ गतेसम्मको अल्टिमेटम दिएका थिए। तिहारको कारण अनसन मिति पछाडि सारेका उनले सोमबारबाट अनसन सुरु गरेका हुन्।