free website hit counter

डायलोसिसबाट सुधार नभए मृगौला फेर्न तयारी

beemaadmin
२०७६ कार्तिक १४, बिहीबार

काठमाडौं । उपचारको सिलसिलामा ग्राण्डी अस्पतालमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक डायलोसिस गरिएको स्रोतले बताएको छ । बिहीबार बिहान ११ः०० बजे ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको दोस्रो पटक डायलोसिस गरिएको अस्पताल श्रोतले जनाएको छ । हप्तामा तीनपटक डायलोसिस गर्न मिल्छ । बुधबार प्रधानमन्त्री ओलीको आइसीयूमा राखेर डायलोसिस गरिएको थियो । पहिलोपटक गरिएको डायलोसिस गरिए पनि त्यसबाट सुधार नभएपछि बिहीबार बिहान पुनः आज पुन डायलाइसिस गरिएको बताइन्छ । प्रधानमन्त्रीको रगतमा क्रियाटिनको मात्रा बढी देखिएकोमा डायलोसिसबाट पनि सुधार नआएपछि पुनः शुक्रबार तेस्रोपटक डायलोसिस गर्ने तयारी गरिएको बताइन्छ । डायलोसिस गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री ओलीको मिर्गौला पुन प्रत्यारोपण गर्ने तयारी गरिएको पनि स्रोतको दाबी छ ।

सम्बन्धित समाचार