free website hit counter

तेह्रथुम पावरलाई आईपीओ निष्काशन अनुमति

beemaadmin
२०७८ असार १४, सोमबार

काठमाडौं । तेह्रथुम पावर कम्पनीले प्राथमिक शेयर आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय वासिन्दा र सर्वसाधारणलाई निष्काशन गर्नेछ । कुल १२ लाख कित्तामध्ये ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आयोजना प्रभावित स्थानीय र बाँकी ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा निष्काशन हुनेछ । सर्वसाधारणलाई आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआएबीएल एस क्यापिटल रहेको छ । हाइड्रोपावर कम्पनीले तेह्रथुम जिल्लाको अपर खोरुङ्गा खोलामा साढे ७ मेगावट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

सम्बन्धित समाचार