free website hit counter

दुर्घटनामा ज्यान गुमाएका बीमितका परिवारलाई नेशनल लाईफले दियो ४३ लाख मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ भाद्र ७, सोमबार

काठमाडौं । दुर्घटनामा ज्यान गुमाएका आफ्ना बीमितलाई नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीको बर्दघाट नवलपरासी कार्यालयले मृतकको परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको हो । कम्पनीले ज्योमो हिसे छोज्ञाल्मोको मृत्यु दावी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका अनुसार सन २०१८ अगष्ट २३ मा २० लाखको दोहोरो दुर्घटना लाभसहितको १५ बर्षे जीवन अमृत आजिवन जीवन बीमा खरिद गरेका र उनको दुर्घट्नाबाट मृत्यु भएकोले कम्पनीले बीमा दावी बाफत ४३ लाख ३३ हजार ६ सय ६७ रुपैया स्व।ज्योमो हिसे छोज्ञाल्मो इच्छाइएको ब्यक्तीको दिदि देव माया लामालाई सो रकम भुक्तानी गरेको जनाएको छ ।

दाबी भुक्तानी हस्तान्तरण कार्यक्रममा नेशनल लाईफ इन्स्योरेन्सका बर्दघाट शाखा प्रमुख मोहन भट्टराई, परासी शाखा प्रमुख मनोज यादव तथा कम्पनीका सिनियर विजनेश म्यानेजर दिपक कुमार थिङलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार