free website hit counter

धादिङमा एम्बुलेन्स दुर्घटना

beemaadmin
२०७७ बैशाख १७, बुधबार

धादिङ । बुधबार साँझ धादिङमा एम्बुलेन्स दुर्घटना भएको छ । धादिङबेसीबाट साङ्कोङतर्फ जाँदै गरेको जिल्ला अस्पतालको बा २ झ २२७७ नम्बरको एम्बुलेन्स बुधबार साँझ दुर्घटना भएको प्रहरीले जानकारी दिएको हो । सदरमुकामबाट जाँदै गरेको एम्बुलेन्स नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पशुपति मन्दिर नजिकै दुर्घटना भएको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको एम्बुलेन्समा चालक मात्र रहेको र उनी पनि सुरक्षित रहेको बताइएको छ ।

सम्बन्धित समाचार