free website hit counter

नकाटिने भयो सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब

beemaadmin
२०७७ बैशाख ८, सोमबार

काठमाडौं । चाउचाउका भरमा दिनरात सडकमा ड्युटी बस्ने प्रहरी र कोरोनाविरुद्धको युद्धमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीहरुको तलब सरकारले स्थापना गरेको कोराना रोकथाम तथा उपचार कोषमा जम्मा गर्न कट्टा गर्ने हल्लासँगै सामाजिक सञ्जाल र विभिन्न क्षेत्रबाट चर्को दबावपछि सरकारले कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्य कर्मीहरुको तलब कट्टा नगर्ने निर्णय गरेको छ । सरकारको उक्त निर्णय सहितको पत्र सबै मन्त्रालयमा पठाइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट थाहा भएको छ ।
यस अघि कारोना रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिले राहत कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको तलब नकाट्ने निर्णय गरेको थियो । कोषमा अन्य राष्ट्रसेवक कर्मचारीको तलबबाट भने ओहोदा अनुसार तीन देखि सात दिनसम्मको तलब कट्टा गरिएको छ ।

सम्बन्धित समाचार