free website hit counter

नवनियुक्त सिइओ श्रेष्ठले सम्हाले पदभार

beemaadmin
२०७७ माघ ३, शनिबार

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिनेशलाल श्रेष्ठले पदभार ग्रहण गरेका छन् । श्रेष्ठ एशियन लाइफका पूर्व सञ्चालक समेत रहेका श्रेष्ठ त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा
गरेका छन् । यसअघि श्रेष्ठ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओको रुपमा कार्यरत थिए । सिइओ राजेशकुमार श्रेष्ठको कार्यकाल सकिएपछि होमबहादुर श्रेष्ठले निमित्त सीईओको जिम्मेवारी सम्हाली रहेका थिए ।

नवनियुक्त दिनेशलाल श्रेष्ठले माघ १ गते देखि लागु हुने गरि ४ वर्षे कार्यभार अब श्रेष्ठले सम्हाल्ने छन्। श्रेष्ठलाई मंसिर २९ गते बीमा समितिले सीईओ बन्नको लागि स्वीकृती दिएको थियो ।

सम्बन्धित समाचार