free website hit counter

नाफा बढाएको गुराँस लाइफको बीमा शुल्क आर्जन १२० प्रतिशतले बढ्यो

beemaadmin
२०७७ फाल्गुन २, आईतवार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्ममा कम्पनीले खुद बीमा शुल्क ९५ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १ सय २० प्रतिशतले बढी हो । १ अर्ब ९७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५० करोड ४९ लाख रुपैयाँ, जीवन बीमा कोषमा ९ करोड ३२ करोड ३६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ५ करोड ३८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ८ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले ३० करोड ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ३३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलानामा कम्पनीको खुद दाबी भुक्तानी बढेको छ ।

सम्बन्धित समाचार