free website hit counter

नाफा बढाएको मेगा बैंकको सबै सूचांकमा उल्लेख्य प्रगति

beemaadmin
२०७७ माघ १६, शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा मेगा बैंकले १ अर्ब ३० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.२८ प्रतिशत अर्थात ३५ करोड ४२ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्ष दोस्रो त्रैमाससम्ममा बैंकले ९५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्दा खुद नाफा बढेको हो। दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ६९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५६ करोड ७३ रुपैयाँ धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब १३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Advertisement
Advertisement

त्यस्तै, बैंकको सञ्चालन मुनाफा पनि ४६ करोड ८९ लाख रुपैयाँ बढेर एक अर्ब ८२ करोड ८४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको यस्तो मुनाफा १ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ रहेको थियो। बैंकले यस अवधिमा १ खर्ब २८ अर्ब ६२ करोड निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

Advertisement
Advertisement

चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९४ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्ग १ अर्ब ३० करोड रुपैयाँ रहेको छ। यस्तै बैंकको वितरण योग्य मुनाफा ६८ करोड १३ लाख रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार