free website hit counter

निफ्राले लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलरको बोन्ड जारी गर्ने

beemaadmin
२०७७ चैत्र २, सोमबार

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लन्डन स्टक एक्सचेन्जमा बोण्ड जारी गर्ने भएको छ सो कुराको जानकारी निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले गराएका छन् । चालू आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोण्ड जारी गर्न लागिएको खतिवडाले बताएका छन् ।

आइतबार राजधानीमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आर्थिक संवाद कार्यक्रममा बोल्दै खतिवडाले भने, चालू आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने गरी बैंकले ३० मिलियन डलर बराबरको बन्ड जारी गर्दैछ । यसका लागि नेपाल राष्ट्र बैंकबाट बैंकले स्वीकृति पाइसकेको छ । सिइओ खतिवडाका अनुसार सो बोन्ड कार्यान्वयनमा आइसकेपछि लगानीकर्ताले ८.५ प्रतिशतको प्रतिफल पाउने छन् ।

Advertisement
Advertisement

उक्त बोण्ड लन्डनकै एक प्रसिद्ध संस्थाले क्रेडिट र्यापिङ गरि जारी हुने समेत खतिवडाले जानकारी दिए । पाँच वर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गरिने खतिवडाको भनाई छ । सो अवसरमा सिइओ खतिवडाले निफ्रामा रणनीतिक साझेदार भित्र्याउने विषयमा समेत छलफल गरिरहेको बताएका छन् । ठूला विकास पूर्वाधारमा लगानी गर्ने उदेश्यले स्थापित निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता गर्नै नपर्ने उनले स्पष्ट पारे ।

Advertisement
Advertisement

सम्बन्धित समाचार