काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो ७५औं वार्षिक साधारणसभा आह्वान गरेको छ । मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको साधारणसभा आगामी पुस १३ गते शुक्रबार बिहान ११ बजे काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बोलाएको हो ।साधारणसभामा हाल कायम चुक्तापूँजीको १० प्रतिशतको दरले बोनस सेयर वितरण तथा बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ । आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने अजेण्डा समेत राखिएको छ । सञ्चालक समितिका सदस्यहरुमा भएको हेरफेर अनुमोदन गर्ने, जारी तथा चुक्तापूँजी सम्बन्धी विद्यमान व्यवस्थामा संसोधन गर्ने, सामाजिक उत्तरदायीत्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने लगायतका अजेण्डा समेत पेश हुने बताइएको छ ।