काठमाडौं । जगदम्वा मोटर्स मार्फत नेपाल ईन्स्योरेन्समा बीमा गराएका राजदेव यादवको मृत्यु दावी वापतको पच्चिस लाख रुपैयाँको भुक्तलानी कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले मृतकका हकवालालाई हस्तान्तरण गरेका छन् । जगदम्वा मोटर्सका प्रतिनिधि दिनेशराज पाण्डेको उपस्थितिमा दुर्घटना बीमालेख अन्तर्गतको रकम हस्तान्तरण गरिएको हो ।