free website hit counter

नेपाल पुनर्बीमा कम्पनीको नवौँ वार्षिक साधारणसभा सम्पन्न

beemaadmin
२०८१ जेष्ठ १८, शुक्रबार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले कम्पनीको चुक्तापुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ७५० रुपैयाँको कुल ५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४।७५ प्रतिशतले हुन आउने ६० करोड ८६ लाख ४३ हजार ३२ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने नगद लाभांश अनुमोदन गरेको छ । बोनस शेयर वितरणपश्चात कम्पनीको साविक जारी तथा चुक्तापुँजी वृद्धि भई १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार ७८ रुपैयाँबराबरको कायम हुने हुँदा सोहीअनुसार प्रबन्धपत्रको दफा ६ (२) र ६ (३) संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, आर्थिक वर्ष २०७९–८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूची छलफल गरी पारित गरेको छ । सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०–८१ का लागि बाह्य लेखापरीक्षकमा टीआर उपाध्याय एन्ड कम्पनी, चार्टर्ड अकाउन्टेन्ट्स, काठमाडौंलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । सभाले समिति तथा उपसमितिको बैठक भत्ता अनुमोदन गरेको छ । सभाले नियमावलीको नियम २७ को उपनियम (२) (ख) अनुसार नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एकजना सञ्चालकको सभाले निर्वाचन गरेको छ ।कम्पनी ऐन, २०६३ को दफा १०५ को (१) (ग) अनुसार सञ्चालक समितिको निर्णयबमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चलाई पनि सभाले अनुमोदन गरेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सोहीबमोजिम आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी सभाले प्रदान गरेको छ ।

सम्बन्धित समाचार