free website hit counter

नेपाल राष्ट्र बैंकको मोबाइल एपमा के छ सुविधा

beemaadmin
२०७८ असार ३१, बिहीबार

काठमाडौं । प्रविधिको विकाससँगै नेपालका वित्तीय संस्थाहरुले पनि कारोबारलाई धेरै डिजिटल बनाइसकेका छन् । यही मेसोमा नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक मोबाइल एप सार्वजनिक गरेको छ । बुधबार आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको शुभारम्भ गरेकी हुन्। बैंकको वेबसाइटमा राखिएका नियमित सूचना,जानकारी,विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन तथ्यांकलगायतका सामग्रीहरू उक्त एपबाट प्राप्त गर्न सकिनेछ । मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारी प्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ । उक्त एप हालको निम्ति ‘बेटा भर्सन’ मा उपलब्ध छ । प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिस्कृत गर्दै लगिने केन्द्रिय बैंकले जनाएको छ। हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको मोबाइलमा उपलब्ध हुनेछ । उक्त एपलाई क्रमिक रूपमा आइओएस अपरेटिङ सिस्टममा समेत विस्तार गरिनेछ ।

सम्बन्धित समाचार