free website hit counter

नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क झण्डै ३२ अर्ब

beemaadmin
२०७८ श्रावण २९, शुक्रबार

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ३१ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.९३ प्रतिशत बढी हो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १.०५ प्रतिशत बढेर ५३ करोड ५९ लाख रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षमा ३१ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी बढाएको यस इन्स्योरेन्सको जगेडा कोष समीक्षा अवधिमा ७१.०३ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा इन्स्योरेन्सको बीमा कोष २९.२९ प्रतिशत बढेको छ भने महाविपत्ति कोष ६.१३ प्रतिशत बढेको छ। इन्स्योरेन्सले सो अवधिसम्ममा १९ अर्ब ५४ करोड रुपैयाँ जीवन बीमालेख धितो कर्जा प्रवाह गरेको यस इन्स्योरेन्स १ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको छ।

सम्बन्धित समाचार