free website hit counter

नेपाल लाइफको नाफा ६० करोड

beemaadmin
२०८१ बैशाख ३०, आईतवार

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६० करोड ३ लाख रुपियाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४९ करोड १२ लाख रुपियाँ नाफा कमाएको थियो । त्यसैगरी, समीक्षा अवधिमा कम्पनीले २९ अर्ब १२ करोड रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ८.५० प्रतिशतले बढी हो । गत आवमा कम्पनीले २६ अर्ब ८४ करोड रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले कुल आम्दानी ९.१४ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी १०.२१ प्रतिशत र कुल खर्च ८.५९ प्रतिशतले बढेको छ । चालू आवको चैत मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी ९.७५ रुपियाँ, मूल्य आम्दानी अनुपात ६१.२३ गुणा र प्रतिशेयर नेटवर्थ १४८.६५ गुणा रहेको छ । ८ अर्ब २० करोड रुपियाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा ४ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोषमा १ अर्ब ११ करोड रुपियाँ, रिटेन्ड अर्निङमा २ अर्ब २९ करोड रुपियाँ र अन्य इक्विटीमा ५४ करोड १२ लाख रुपियाँ सञ्चित रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

सम्बन्धित समाचार