काठमाडौं । रोजगारीको खोजीमा रहेकाहरुका लागि खुशीको खबर छ । नेपालको अग्रणी बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनी सचिव पदका लागि केही संख्यामा कर्मचारी माग गरेको कम्पनीले कानुन विभाग प्रमुख पदका समेत केही संख्यामा कर्मचारी माग गरेको छ ।
एजुकेटिभ असिस्टेन्ट सहायक स्तरका लागि समेत केही कर्मचारी आवश्यक रहेको सूचना जारी गरेको कम्पनीले असिस्टेन्ट, सिनियर असिस्टेन्ट र जुनियर अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गर्दै सूचना जारी गरेको छ । कम्पनीले आफ्नो विभिन्न कार्यालय, शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले तोकेको योग्यता पुगेका इच्छुक उम्मेदवारले मार्च १२ सम्म अर्थात् फागुन २८ गतेसम्म आवेदन दिनसक्ने जनाइएकोे छ ।