free website hit counter

नेपाली सेनाका पृतनापतिलाई नै कोरोना

beemaadmin
२०७७ जेष्ठ ४, आईतवार

काठमाडौं । नेपालमा कोरोनाको आतंक फैलिने क्रममा छ । सीमाना नजिक भारतबाट छिरेकाहरुमा कोरोनाको संक्रमण देखिनेक्रम बढिरहेको बेला सुरक्षा निकायमा समेत कोरोनाको संक्रमण देखिन थालेको छ । नेपाली सेनाको मध्यपूर्वी पृतनाका प्रमुखलाई कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य मन्त्रायलले शनिबार अपराह्न काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो । उनीहरू नेपाली सेनाको मध्यपूर्वी पृतनामा कार्यरत भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सञ्चारमाध्यमलाई छन् । स्रोतका अनुसार संक्रमित ५२ वर्षीय पुरुष नेपाली सेनाको पृतनापति भएको बताइएको छ । मध्यपूर्वी पृतनामा उपरथीको नेतृत्व छ । बर्दिवासको किशान नगरस्थित पृतनाका प्रमुख लकडाउनका समयमा विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

सम्बन्धित समाचार