free website hit counter

पहिलो दिनमै युनियन लाइफको आईपीओमा मागभन्दा बढी आवेदन

beemaadmin
२०७८ असार २५, शुक्रबार

काठमाण्डौ । शेयर बजारमा जनसाधारणको आकर्षण बढेको छ । आइपीओमा मात्रै होइन सेकेण्डरी मार्केटमा समेत उछाल ल्याउन नयाँ लगानीकर्ता भित्रिएका छन् । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिनै १.४१ गुणा बढीलेले शेयर आवेदन दिएका छन् । यो कम्पनीले असार २४ गतेबाट ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको छ। कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।
बिहीबार दिउँसो ५ बजेभित्रै ५ लाख १० हजार ९४५ आवेदकबाट ९१ लाख ६०० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १.४१ गुणाले बढी हो। यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ। युनियन लाइफको आईपीओ निष्कासन बन्द असार २८ गते हुनेछ।

सम्बन्धित समाचार