free website hit counter

पारित भयो सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश प्रस्ताव

beemaadmin
२०७८ जेष्ठ २९, शनिबार

काठमाडौं । असहज अवस्थाकाबीचमा पनि सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्बको १२ प्रतिशत बोनस सेयर जारी गर्ने तथा ३.७८९४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । भर्चुअल माध्यमबाट सम्पन्न सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरे । आव २०७६÷०७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्व ९६ करोड ३९ लाख बीमा शुल्क आर्जन गरेकोे थियो भने यस आ।व।को साधारण सभा भएको दिन सम्म २ अर्व १ करोड भन्दा वढी बीमा शुल्क आर्जन गरि सकेको जानकारी दिइएको छ । उक्त वीमा शुल्क संकलन गत आ।व।को सोहिको तुलनामा १६.०७ वढी रहेको छ । सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्बको १२ प्रतिशत बोनस सेयर जारी गर्ने तथा ३.७८९४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

सम्बन्धित समाचार