free website hit counter

फागुन २३ गतेबाट ज्योति लाइफको आइपीओ

beemaadmin
२०७७ फाल्गुन १४, शुक्रबार

काठमाडौं। शेयर बजारमा फेरि अर्को आइपीओ आउन लागेको छ । ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको हो। कम्पनीले फागुन २३ गतेदेखि २८ गतेसम्म सेयर जारी गर्ने भएको हो। कम्पनीद्ये कुल जारी पुँजी २ अर्ब २० करोड रुपैयाँ छ। यसको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो। यो भनेको ६६ करोड रुपैयाँ हुन आउँछ।
१०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता सेयर जारी गरिने छ। यसमध्ये ५र५ प्रतिशतका दरले अर्थात ३ लाख ३० हजार कित्ताका दरले सामूहिक लगानी कोष र कर्मचारीलाई वितरण गरिने छ। बाँकी रहेको ५९ लाख ४० हजार कित्तामा सर्वसाधारणले दावी गर्न पाउने छन्। कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिन्छ। कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ। सेयर आस्वा, मेरो सेयरमार्फत भर्न सकिन्छ।

सम्बन्धित समाचार