free website hit counter

बजेटअधिका लागि टर्यो प्रधानमन्त्रीको संकट

beemaadmin
२०७७ बैशाख २७, शनिबार

काठमाडौं । चालु आर्थिक वर्षको बजेट अघिसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संकट मोचन भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक सरकारले प्रस्तुत गर्ने बजेटअघि नबस्ने भएको छ । नेकपाको नेतृत्वमा रहेको सरकार वजेटको तयारीमा व्यस्त हुनुपर्ने भएकाले सो अवधिमा स्थायी कमिटीको बैठक बस्न उचित नहुने प्रस्ताव नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राखेकोमा अध्यक्ष दाहालले पनि सहमति जनाएपछि प्रधानमन्त्री ओलीले बजेट अघि स्थायी कमिटीको सामना गर्नु नपर्ने भएको हो ।
कोरोनाको त्रासबीच नेकपाले देखाएको रमिताप्रति सामाजिक सञ्जाल र बुद्धिजीवीहरुको पनि चर्को विरोध भइरहेकाले पनि दुई अध्यक्ष बैठक सार्ने एजेन्डामा सहमत भएको बताइएको छ । जेठ २ गते सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । त्यसको तयारी गर्नुपर्ने, नीति तथा कार्यक्रमपछि बजेट प्रस्तुत गर्ने तयारीमा लाग्नुपर्ने भएकाले त्यसबीचमा स्थायी कमिटीको बैठक बस्नु उचित नहुने निश्कर्षमा दुई अध्यक्ष पुगेको बताइएको छ । भोलिदेखि प्रि बजेटमा पनि छलफल हुने र त्यसमा प्रतिपक्षी दलहरु आक्रमक रुपमा प्रस्तुत हुने भएको छ । त्यसको प्रतिरक्षाका लागि नेकपा पनि तयार हुनुपर्ने र त्यसका लागि तयारी गर्नुपर्ने पनि देखिएको छ । नीति तथा कार्यक्रम र बजेट ल्याउने क्रममा पार्टीको बैठकहरु बस्यो भने नेताहरुको ध्यान अन्यन्त्र जाने भएकाले अहिलेलाई स्थायी कमिटीको बैठक रोक्नुपर्ने अवस्था रहेको अध्यक्ष ओलीको प्रस्ताव थियो । स्थायी कमिटीको बैठक बोलाउन शीर्ष नेताहरुलाई दवाव दिइरहेका छन् । २० जना स्थायी कमिटी सदस्यहरुले दवाव समूह बनाएर तत्काल स्थायी कमिटीको बैठक बोलाउन माग गर्दै आएको छ ।

सम्बन्धित समाचार