काठमाडौं । आफ्ना बीमितको असामयिक निधनपछि एलआईसी नेपालले मृतकका परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको छ ।
बीमा गरेको ११ महिना नपुग्दै ब्रेमह्यामरेजका कारण ज्यान गुमाएका करिब १ बर्ष अघि ललितपुर जिल्ला गोदावरी नगरपालिका १४ निवासी कृष्णहरि श्रेष्ठलेका हकवालालाई घरमै पुगेर मृत्यु दाबी बापत ५३ लाख ३० हजार रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।
करिब १ बर्ष अघि ललितपुर जिल्ला गोदावरी नगरपालिका १४ निवासी श्रेष्ठले एलआईसी नेपाल ललितपुर शाखाबाट ५० लाख बीमांकको जीवन बीमा गराएका थिए ।
बीमा गराएको ११ महिना नपुग्दै उनको मृत्यु भएको थियो । निजको मृत्यु पछि श्रीमती सजना श्रेष्ठलाई मृत्यु दाबी भुक्तानी बापत ५३ लाख ३० हजार रुपैयाको चेक ललितपुर शाखा मार्केटिङ प्रमुख घनश्याम बुढाथोकी र एजेन्सी म्यानेजर टेक बहादुर खड्काले सयुक्त रुपका मृतकको घरमै पुगेर चेक हस्तान्तरण गरेका हुन ।