free website hit counter

बीमा समितिले माग्यो साइबर सुरक्षाको कार्ययोजना

beemaadmin
२०७७ जेष्ठ २२, बिहीबार

काठमाडौं । बीमा व्यवसायको नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुलाई सूचना प्रविधि सम्बन्धी कार्ययोजना बनाउन निर्देशन दिएको छ । बीमा समितिले असार मसान्तभित्र कार्ययोजना पेश गर्ने निर्देशन दिएको हो । बीमा समितिले सूचना प्रविधि सम्बन्धी निर्देशिका २०७६ बमोजिमको डाटा सेन्टर स्थापना, रियल टाईम सफ्टवयेर जडान र साईबर सुरक्षा सम्बन्धी तीन वटा कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । त्यस अनुसार बीमा कम्पनीहरुले असार मसान्तभित्र कार्ययोजना तयार गरी पेश गर्नु पर्नेछ । यसले बीमकको सूचना प्रविधि प्रणालीलाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने बीमा समितिले जनाएको छ ।

सम्बन्धित समाचार