काठमाडौं । कोरोना आफ्नो आतंक फैलाउने क्रममा छ । अब पर्याप्त सावधानी नअपनाउने हो भने महामारीको रुप लिन धेरै समय लाग्दैन । पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । रामेछाप घर भएका २७ वर्षीय सशस्त्रका ती जवान भक्तपुरमा बस्दै आएका थिए । केही वर्षदेखि रावलको सुरक्षामा खटिएका उनी विगत एक महिनादेखि भने विदामा बस्दै आएका थिए । उनको सशस्त्र प्रहरी बल नीलबाराही गणमा दरवन्दी रहेको बताइएको छ । हाल उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।