free website hit counter

महालक्ष्मी विकास बैंकको कामु सिइओमा लम्साल नियुक्त

beemaadmin
२०७७ फाल्गुन ३, सोमबार

काठमाडौं । महालक्ष्मी विकास बैंकको सञ्चालक समितिको ४७५औं बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साललाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्नुका साथै बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको छ ।

बिगत १२ बर्षदेखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालको बिभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ बर्षको बैकिङ अनुभब रहेको छ ।

Advertisement
Advertisement

केन्द्रीय बैंकको नितिनियम भित्र रहेर सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीहरुको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफु केन्द्रित हुने लम्सालले बताए ।

Advertisement
Advertisement

सम्बन्धित समाचार