free website hit counter

महोत्तरीमा १० दिनमा ११ जना ज्यान गयो, कारण खोज्न मन्त्रि पुगे

beemaadmin
२०७७ बैशाख २१, आईतवार

महोत्तरी । विश्वभर कोरोना महामारीको आतंक रहेको बेला महोत्तरीको बिजलपुरा र मेधनाथ गोरहन्नामा १० दिनमा ११ जनाको मृत्यु भएपछि त्रास फैलिएको छ। मृत्युको कारण भने खुल्न सकेको छैन। शनिबार राति २ बजेतिर भंगहा नगरपालिका-६ जमुनियाँका पल्ट साहको मृत्यु भएसँगै रहस्यमय तरिकाले मृत्यु हुनेको संख्या ११ पुगेको हो। गाउँमा धमाधम मानिसहरुको मृत्यु भएपछि स्थानीयहरु त्रसित भएका छन् भने गाउँ शोकमा डुबेको छ। बैशाख १० गते यता बर्दिबास नगरपालिका १२ स्थित बिजलपुराको जुरीटोल र अहिमान टोलमा ४ जनाको मृत्यु भएको छ। त्यसैगरी भंगहा नगरपालिका ६ हत्तिसर्वाको जमुनियाँ र वडा नम्बर ७ को मेघनाथ गोरहन्नामा ७ जनाको मृत्यु भइसकेको छ।

कमाएर दैनिक गुजारा गर्दै आएका उनीहरुको के कारणले मृत्यु भयो ? भन्ने प्रष्ट छैन। मृत्यु भएकाहरुमा अचानक पेट दुख्ने, श्वास लिन ग्राहो हुने, बान्ता र झाडापखाला लाग्ने लक्षण देखा परेको छ। कतिको राति ओछ्यानमै सुतेको अवस्थामा मृत्यु भएको छ भने कतिको उपचारकै क्रममा ज्यान गएको हो। स्थानीय केही व्यक्तिले बिषाक्त मदिरा पिएर मृत्यु भएको बताए पनि मदिरा नपिएकाहरुको पनि ज्यान गएकोले अरु कुनै रोगको संक्रमण भएको हुन सक्ने बताइएको छ । मृत्युको कारण खोज्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणी पोखरले गाउँ पुगेका छन्। उनको साथमा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, एसपी श्याककृष्ण अधिकारी, जिल्ला अस्पताल जलेश्वरका डा. राजिब झा लगायत छन्। मन्त्री पोखरेलले स्वास्थ्य मन्त्रालयले जानकारी गराएर घटनाको अध्ययन गर्न टोलीसमेत घटनास्थल आएको बताए।

सम्बन्धित समाचार