free website hit counter

माघ ७ मा युनाईटेड इन्स्योरेन्सको साधारणसभा

beemaadmin
२०७७ पुष २९, बुधबार

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको साधारणसभा आगामी माघ ७ गते आह्वान गरेको छ ।

कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार साधारणसभाको मिति तोकिएको कम्पनीले नेप्सेमा पठाएको सूचनामा जनाइएको छ ।

युनाईटेड इन्स्योरेन्स कम्पनीका सचिव अनिल गुरागाँईले नेप्सेलाई प्रेषित गरेको पत्रमा कम्पनीको २६ औं साधारणसभा २०७७ साल माघ ७ गते होटल हिमालय, ललितपुरमा विहान १०ः३० बजेको लागि बोलाएको छ ।

सम्बन्धित समाचार