काठमाडौं । मातृ सम्मान दिवसका रुपमा प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने मातातीर्थ मेला यस वर्ष स्थगित भएको छ । यस वर्ष वैशाख ११ गते बिहीबार आमाको मुख हेर्ने औँसी परेको थियो ।कोरोना भाइरसको सङ्क्रमणबाट बच्न मुलुक लकडाउनमा भएका कारण मेला स्थगन गरिएको बताइएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा रहेको मातातीर्थमा स्थानीयवासीलाई समेत मन्दिरमा गएर भीडभाड नगर्न र अवज्ञा गरी हिँड्नेलाई रु १०० जरिवाना गरिने नगरपालिकाले जनाएको छ ।