free website hit counter

मानुषी लघुवित्तको आईपीओ खुल्यो

beemaadmin
२०७८ श्रावण २७, बुधबार

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले साउन २७ गते बुधबारदेखि सर्वसाधारणमा आईपीओ निष्काशनमा ल्याएको छ। लघुवित्तले जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्ता बराबरको एक लाख रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको अधिकृत पूँजी एक २० करोड रुपैयाँ, जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ। सर्वसाधारणलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ। लघुवित्तको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी सिंगल बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ।

यसले समयमा वित्तीय दायित्व पूरा गर्न क्ष्मतामा उच्च जोखिम रहने जनाउछ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित समाचार