काठमाडौं । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका दुई बीमीतको परिवारलाई सन नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीले सोमबार नारायणगढमा एक कार्यक्रम आयोजना गरि नवलपरासीका तुदविर बिर्ता मगर र भरतपुर १६ चितवनका विमित चन्द« बहादुर पुलामीको परिवारलाई वैदेशिक रोजगार वापतको मृत्यु बीमा दाबी भुक्तानी गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारको क्रममा मृत्यु भएका बीमीत तुदविर बिर्ता मगर र चन्द्रबहादुर बहादुर पुलामीको परिवारलाई १४–१४ लाख रुपैयाँ चेक कम्पनीका सहायक महाप्रबन्धक धनश्याम पुरीले हस्तान्तरण गरेको थियो ।