काठमाडौं । आज मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने अन्तिम दिन । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आइपीओमा आईतबार साँझसम्ममा २ करोड ४१ लाख ४३ हजार ४८० कित्ताको लागि आवेदन परिसकेको छ। कम्पनीको आइपीओमा १७ लाख ७६ हजार ७ सय ११ जना आवेदकले २ अर्ब ४१ करोड ४३ लाख ४८ हजार रुपैयाँ बराबरको आवेदन दिईसेकेको छ। यो सर्वसाधारणले आवेदन दिन पाउने ६ लाख ८४ हजार ७४६ कित्ताको ३५ दशममलव २५ गुणा धेरै आवेदन हो । कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिने छ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडले रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी ३६ करोड ८१ लाख रुपैयाँ पुग्नेछ । यो शेयरमा संस्थापक तर्फ ७० प्रतिशत, आयोजना प्रभावित स्थानियमा १० प्रतिशत र कर्मचारीसमेत सर्वसाधारणमा २० प्रतिशत स्वामित्व रहनेछ ।