काठमाडौं । प्रविधिसँगै आर्थिक कारोबार सहज बन्दै गएको छ भने जोखिम पनि घट्दै गएको छ । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक भएको छ ।
यो योजना भदौ १६ देखि लागु भइसकेको छ भने कात्र्तिक १४ सम्म लागू हुने बैंकले जनाएको छ । यस योजनामा बैंकका ग्राहकहरूले एनआईसी एशिया मोबैंक प्रयोग गरी एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् ।
सेल्फ हेल्प बैंकिङ्गको अवधारणा अनुरुप एनआईसी एशिया मोबैंक मार्फत नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस सुविधाबाट बैंकका ग्राहकहरूले लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।