free website hit counter

यस्तो छ सूर्यज्योति लाइफको नयाँ बोनस दर

beemaadmin
२०८० फाल्गुन २१, सोमबार

काठमाण्डौ । जीवन बीमा बजारमा आफूलाई स्थापित गर्न सफल सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९÷८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम २० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ। कम्पनीले सावधिक जीवन बीमा योजना अन्तर्गत ९ वर्षे अवधिका लागि ४३ रुपैयाँ,१० देखि १४ वर्षका लागि ४५ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ५० रुपैयाँ,२० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ७५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । यसैगरी सावधिक जीवन बीमा योजना अन्तर्गत ९ वर्ष अवधिका लागि ४० रुपैयाँ,१० देखि १४ वर्षका लागि ४१ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ,२० देखि २४ वर्षका लागि ५४ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६० रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७० रुपैयाा बोनस प्रदान गरिने कम्पनीले जनाएको छ । यसैगरी सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिका लागि ४० रुपैयाँ,१० देखि १४ वर्षका लागि ४२ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ४६ रुपैयाँ,२० देखि २४ वर्षका लागि ५६ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६० रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनसदर तोकिएको छ । अग्रिम भुक्तानी सावधिक योजना अन्तर्गत १० देखि १४ वर्षका लागि ४२ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ,२० देखि २४ वर्षका लागि ५२ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६० रुपैयाँ बोनस प्रदान गरिने कम्पनीले जनाएको छ । चौरासी पूजा अग्रिम भुक्तानी नियमित अन्तर्गत १० देखि १४ वर्षका लागि ४५ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ५० रुपैयाँ,२० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनसको व्यवस्था गरिएको छ । यस्तै चौरासी पूजा अग्रिम भुक्तानी (एकल)अन्तर्गत १० देखि १४ वर्षका लागि ७५ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ८० रुपैयाँ,२० देखि २४ वर्षका लागि ८५ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ९० रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ९० रुपैयाँ बोनस निर्धारण गरिएको छ । कम्पनीले इजी पे अग्रिम भुक्तानी जीवन बीमा योजना अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि २० रुपैयाँ,१५ देखि १९ वर्षका लागि २५ रुपैयाँ र २० देखि २४ वर्षका लागि ३० रुपैयाँ बोनसको व्यवस्था गरेको छ ।

सम्बन्धित समाचार