free website hit counter

यूनाइटेड इन्स्योरेन्स अर्ब क्लबमा

beemaadmin
२०७८ श्रावण १, शुक्रबार

काठमाडौं । विश्व महामारी कोरोनाको समयमा पनि युनाइटेड इन्स्योरेन्स कम्पनीले इतिहास रचेको छ । कम्पनीले १०० करोड माथि बीमा शुल्क आर्जन गर्न सफल भएको हो । कोभिड महामारीको विषम परिस्थितिमा समेत युनाइटेड इन्स्योरेन्स कम्पनीले नयाँ इतिहास रच्दै एक अर्ब क्लबमा प्रवेश गरेको हो । कम्पनी सञ्चालक समितिका अध्यक्ष रविभक्त श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल नेतृत्वको पहिलो वर्षमा नै व्यवस्थापन लगायत कर्मठ कर्मचारीहरुको सामूहिक प्रयासबाट अघिल्लो आर्थिक वर्षमा ६९ करोड बीमा शुल्क आर्जनको तुलनामा यस आर्थिक वर्षको बीमा शुल्क आर्जनमा उल्लेखनीय वृद्धि हासिल भएको हो । कम्पनीको सेवामा गरेको निरन्तर गुणस्तरीय विस्तार, शाखा विस्तार, डिजिटलाइजेसनको प्रयोग, नयाँबजार प्रवद्र्धन रणनीति, संगठनात्मक संरचनामा सुधार जस्ता क्रियाकलापमार्फत यो सफलता हासिल गर्न सफल भएको छ ।

सम्बन्धित समाचार

चैतका लागि बैंकको ब्याजदरमा घटबढ

beemaadmin
२०८१ फाल्गुन २९, बिहीबार

सानिमा जिआईसीले बोलायो सभा

beemaadmin
२०८१ फाल्गुन २८, बुधबार