free website hit counter

यूनियन लाइफद्वारा २० लाख मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

काठमाडौंं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा पाँच महिना अघि मात्रै बीमा गरेका बीमितको कोरोना संक्रमणबाट निधन भएपछि कम्पनीले मृत्यु दाबी भुक्तानी दिएको छ । मृतकको परिवारलाई मृत्यु दाबी बापतको २० लाख ७२ हजार रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले इलामको सुर्योदय नगरपालिका १० का मृतक संजोग प्रधानको परिवारलाई सो रकम हस्तान्तरण गरेको हो । मृतक प्रधानको घरमै एक कार्यक्रमको आयोजना गरि श्रीमती कन्चन कार्कीलाई रकम भुक्तानी गरेको जनाइएको छ । २५ बर्षीय प्रधानको गत असार १४ गते कोरोना संक्रमणबाट मृत्यु भएको कम्पनीले जनाएको छ । प्रधानले पाँच महिना अघि मात्र कम्पनीमा २० लाख रुपैयाँको बिमा गरेको र पहिलो पृमियम बापत १ लाख ८०० रुपैयाँ बुझाएको कम्पनीका सुरुङ्गा शाखा प्रमुख नारायण थापाले जानकारी दिए । रकम भुक्तानीका लागि प्रक्रिया सुरु गरेको दुई हप्ता भित्रैमा कम्पनीले रकम उपलब्ध गराएको छ ।

सम्बन्धित समाचार