free website hit counter

रहेनन् बलिउड अभिनेता इरफान खान

beemaadmin
२०७७ बैशाख १७, बुधबार

एजेन्सी । बलिउड अभिनेता इरफान खानको निधन भएको छ। अचानक स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना भएका उनको आज निधन भएको हो। उनको ५४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् इरफानलाई मुम्बईस्थित कोकीलाबेन अस्पतालमा आइसियूमा भर्ना गरिएको थियो। खान हालैमात्र क्यान्सरबाट पीडित भएका थिए। खानलाई न्युरोएडोक्राइन ट्युमर भएको थियो। इरफानको उपचार चलिरहेका कारण उनी लामो समयदेखि बलिउडबाट टाढा रहेका थिए। हालैमात्र इरफानकी आमा सइदा बेगमको निधन भएको थियो। उनले आमाभन्दा टाढा भएकाले भिडियो कन्फ्रेन्सबाट आमाको अन्तिम दर्शन गरेका थिए।
हालै उनको फिल्म अंग्रेजी मिडियम रिलिज भएको थियो। कोरोना भाइरसका कारण उनको फिल्म व्यवसायिक रुपमा सफल भएको थिएन। इरफानलाई लागेको रोग इन्डोक्राइन ट्युमर अर्थात एक दुर्लभ किसिमको रोग हो। जसले रक्तकोसिकाका लागि हर्मोन उत्पादन गर्ने कोषहरुमा प्रभाव पार्ने गर्दछ। हलिउड फिल्मसहित उनले हालसम्म १ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। उनले लाइफ अफ पाई, जुरासिक वल्र्ड, स्लमडग मिलिनियरजस्ता चर्चित फिल्महरुमा प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन्।

सम्बन्धित समाचार