काठमाडौं । लगातारको लकडाउनका कारण बिचल्लीमा परेका श्रमिकहरुलाई बोकेर रामेछाप जाँदै गरेको बस मन्थली कुनाउरीमा बस दुर्घटना हुँदा २८ जना घाईते भएका छन । काठमाडौंबाट श्रमिकको उद्धार गरेर दोलखाको मालुखोला जाँदै गरेको बस बुधबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । पूर्व अरनिको यातायात समितिको बा २ ख ६८१८ नम्बरको बस ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।