free website hit counter

राष्ट्रिय बीमा संस्थाको नविकरण बीमाशुल्क कनेक्ट आइपिएसबाटै भुक्तानी

beemaadmin
२०७८ भाद्र ३, बिहीबार

काठमाडौं । वित्तिय क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको छ । राष्ट्रिय बीमा संस्थाले कनेक्ट आइपिएस मार्फत प्रिमियम भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । कम्पनीले नविकरण बीमाशुल्क आर्जन कनेक्ट आइपिएस मार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको हो । संस्थाले एक कार्यक्रमका बीच उक्त डिजिटल भुक्तानीको शुभारम्भ गरेको हो । उक्त सम्झौतापत्रमा संस्थानका प्रशासक कवि पाठक सहित कनेक्ट आइएपिएसका प्रमुख कार्यकारी अधिकृत निलेसमान प्रधानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । पहिलो चरणमा नविकरण बीमाशुल्क मात्रै अनलाईन मार्फत भुक्तानी हुने व्यवस्था गरेको केहि दिन पश्चात् प्रथम बीमाशुल्क र दाबी भुक्तानी पनि अनलाईन मार्फत नै भुक्तानी गर्ने सुविधा ल्याउने तयारी भईरहेको संस्थानका प्रशासक कबि पाठकले जानकारी गराएको छ । संस्थानले आगामी दिनमा पनि ग्राहकहरुको थप सुविधालाई मध्यनजर गर्दै यस्तो सुविधा थप गर्दे जाने जानकारी दिएको छ ।

सम्बन्धित समाचार