free website hit counter

राहत कोषमा पैसा जम्मा गर्न बीमकहरुलाई निर्देशन

beemaadmin
२०८१ आश्विन २०, आईतवार

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गर्न निर्देशन दिएको छ । असोज ११ गते शुक्रबार र १२ गते शनिबार अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको विषम परिस्थितिमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गर्न सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको हो । प्राधिकरणले सबै बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व कोष वा अन्य कुनै कोषबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा छिटोभन्दा छिटो सहयोग रकम जम्मा गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार