free website hit counter

रेमिट्यान्स ६ प्रतिशतले घट्यो

beemaadmin
२०७७ असार ३, बुधबार

काठमाडौं । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण टेको बनेको रेमिट्यान्स घट्दो अवस्थामा छ । विश्वभर रहेका हजारौं नेपाली बेरोजगार मात्रै बनेका छैनन् । मातृभूमि फर्किने उत्कट चाहनामा देश खोजिरहेका छन् । नेपाल भित्रिने रेमिट्यान्स वैशाखमा ६.१ प्रतिशतले घटेको छ। धेरै राष्ट्रमा कोरोना फैलिसकेकाले ती राष्ट्रमा पनि लकडाउन थियो। यही कारण नेपाल भित्रिने रेमिट्यान्स आप्रवाह घटेकोे हो। चालू आवको वैशाखसम्म नेपालमा करिब ६ खर्ब ८० अर्ब ८४ करोड रूपैयाँ रेमिट्यान्समार्फत मुलुक भित्रिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार, समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाहमा ६.१ प्रतिशतले कमी आएको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १९.६ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ७.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो।

सम्बन्धित समाचार