free website hit counter

लयमा फर्कियो शेयर बजार

beemaadmin
२०८० मंसिर २६, मंगलवार

काठमाडौं । सोमबारको सामान्य करेक्सनपछि शेयर बजारले पुन: सकारात्मक लय समातेको छ। मंगलबार नेप्से सूचकमा आकर्षक बृद्धि देखिएको छ। यस दिन नेप्से सूचक ३६.८६ अंकले बढेर १९८५.४४ विन्दुमा पुगेको छ भने कारोबार कम पनि ४ अर्ब माथि नै छ। मंगलबार ४ अर्ब ३० करोड रुपैयाँ बराबरको १ करोड २४ लाख ६३ हजार कित्ता शेयर कारोबार भएको छ। मौद्रिक नीतिको समीक्षापछि आइतबार सकारात्मक सर्किट लागेर बन्द भएको बजारमा सोमबार सामान्य करेक्सन देखिएको थियो। मंगलबारदेखि भने बजार पुन: बढ्न थालेको छ। मंगलबार कारोबारमा आएका सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा होटल उपसमूहको सूचक सबैभन्दा धेरै ४।३३ प्रतिशतले बढेको छ भने फाइनान्स, हाइड्रोपावर र जीवन बीमा उपसमूहको सूचक पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ। यसदिन ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने ७ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। मंगलबार बोटलर्स नेपाल, धौलागिरी लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोनापुर सिमेन्टको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ। यता सिवाइसिएल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५.११ प्रतिशतले घटेको छ भने सिंगटी हाइड्रोपावरको ४.७३ प्रतिशत र छिमेक लघुवित्तको शेयरमूल्य ३.८५ प्रतिशतले घटेको छ। यस दिन शिवम् सिमेन्टको शेयरमूल्य सबैभन्दा धेरै १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने सोनापुर मिनिरल्सको १५ करोड १० लाख, रिलायबल नेपाल लाइफको १४ करोड र माउन्टेन इनर्जीको ११ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

सम्बन्धित समाचार