काठमाडौं । ओइलाएर जाने फूल र काँटीमा झुण्डिएर बस्ने खादा भन्दा अहिले मानिसहरुले सधैंभर याद दिलाउने उपहार दिने चलन बढेको छ । बच्चाबच्चीको जन्मदिन होस् या विवाह उत्सवमा अहिले बीमा पोलिसी उपहार दिएर सधैंभरको याद दिलाउने चलन बढेको हो । बैबाहिक जीवनको २७औं वर्ष पुरा भएको अवसरमा एक जोडीले बीमा पोलिसी उपहार दिएका छन् । रुपन्देहीको बुटवल बस्ने अधिवक्ता सागरमणि पोखरेल र शिक्षक कमला ज्ञवालीले ५०–५० लाखको बीमा पोलिसी उपहारका रुपमा साटासाट गरे । उनीहरुले वर्षगाठ फरक तरिकाले मनाई समाजमा सकारात्मक सन्देश दिएका छन् । लामो समयदेखि समाजसेवामा गर्दै आएका श्रीमान सागर पोखरेल पेशाले अधिवक्ता, सफल सहकारीकर्मी, बैंकका संस्थापक लगायत विभिन्न वित्तीय क्षेत्रमा रहेका छन् भने लामो समयदेखि बीमाको क्षेत्रमा पनि काम गर्दै आएका छन् । बिहान क्याम्पस र दिउँसो सरकारी विद्यालयमा अध्यापन गराउदै आएकी कमलाले, सिटिजन लाइफमा आफ्नो जीवनकालमा जम्मा गरेको रकमले बुढेसकालमा समेत उपयोगी हुने देखेपछि आफुहरुले बीमा गरेको बताइन् । सो कार्यक्रममा बोल्दै अधिवक्ता पोखरेलले आजसम्म आफुले खरिद गरेका सबै बीमा पोलिसी रकम तिरिसकेपछि सकिएको तर अहिले लिएको सिटिजन जीवन सारथी बाचुन्जेल चलिरहने बताए । आफुले बीमा गरेको रकम र बोनस फिर्ता लिगीसकेपछि पनि आफ्नो सुरक्षा रहिरहने भएकाले आफुलाई यो पोलिसी मनपरेको बताए । कार्यक्रममा बोल्दै एरिया म्यानेजर नरेश सिग्देलले उनीहरुले खरिद गरेको बीमा पोलिसी सबैभन्दा उत्तम रहेको दावी गरेका छन् ।